नेपाल सरकारको संघीय संचित कोषमा राष्ट्रपति कार्यालयद्वारा साढे ९ करोड रुपैयाँ जम्मा

आर्थिक वर्ष २०७६/०७७ को विभिन्न शीर्षकको बजेट कटौती गरेर ९ करोड ५० लाख रुपैयाँ सरकारको संघीय सञ्चित कोषमा जम्मा गरिएको जनाएको छ

एजेन्सी
वैशाख ६, २०७७, शनिबार

पोखरा । राष्ट्रपति कार्यालयले साँढे ९ करोड रुपैयाँ नेपाल सरकारको खातामा जम्मा गरेको छ ।

देशमा कोरोना भाइरसको कारण विषम परिस्थिति उत्पन्न भएको भन्दै राष्ट्रपति कार्यालयले आर्थिक वर्ष २०७६/०७७ को विभिन्न शीर्षकको बजेट कटौती गरेर ९ करोड ५० लाख रुपैयाँ सरकारको संघीय सञ्चित कोषमा जम्मा गरिएको जनाएको छ ।

यसअघि, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको महामारी नसिकएसम्म आफूले पारिश्रमिक नलिने घोषणा गरेका थिए । कोरोना भाइरसको उपचारमा सहज होस् भन्दै सरकारले स्थापना गरेको कोषमा रकम जम्मा हुने क्रम बढिरहेको छ ।