इङ्ल्यान्ड फुटबलका पूर्व कप्तान बेकह्यामलाई रोनाल्डो भन्दा मेस्सीनै उत्कृष्ट फुटबलर

बेकह्याम भन्छन्, ‘मेस्सीको स्तरका उनी एक्लो खेलाडी हुन् । उनको ठाँउ अर्को खेलाडीलाई पुग्न असम्भव छ । एउटा खेलाडीका रुपमा उनी जस्तो अर्को कोही छैन ।’

एजेन्सी
वैशाख ७, २०७७, आइतबार

इङ्ल्याण्ड फुटबलका पूर्व कप्तान डेभिड बेकह्यामले रोनाल्डो भन्दा मेस्सी नै उत्कृष्ट फुटबलर रहेको आफ्नो धारणा राखेका छन् ।

हालको फुटबल जगतमा दुई फुटबल सुपर स्टार अर्जेन्टिनी लियोनेल मेस्सी र पोर्चुगिज क्रिस्टियानो रोनाल्डोमध्ये को उत्कृष्ट भन्ने बहसमा भाग लिएका बेकह्यामले यस्तो आफ्नो धारणलाई यसरी राखेका हुन् ।

उनी भन्छन्, ‘मेस्सीको स्तरका उनी एक्लो खेलाडी हुन् । उनको ठाँउ अर्को खेलाडीलाई पुग्न असम्भव छ । एउटा खेलाडीका रुपमा उनी जस्तो अर्को कोही छैन ।’

बेकह्यामले आफूलाई रोनाल्डो पनि मन पर्ने बताए । उनले भने, ‘मलाई रोनाल्डो पनि मन पर्छ । यी दुईमा क्षमताका आधारमा केही समानता पनि छ । यी दुई खेलाडी एकै समय फुटबलमा रहनु अद्भुत हो । तर, मेस्सी विश्वकै उत्कृष्ट खेलाडी हुन् ।’

फुटबल मैदानमा रोनाल्डो र बेकह्यामको भेट भएको छैन । बेकह्याम र रोनाल्डो दुबै इङ्लिसि प्रिमियरसीप क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिस ला लिगा क्लब रियल मड्रिडका खेलाडी हुन् ।

यद्यपि, मेस्सीसँग भने उनले मैदानमा भिडेका छन् । पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट खेल्दा बेकहमले सन् २०१३ मा बार्सिलोनका सुपरस्टार मेस्सीविरुद्ध खेलेका थिए ।