रियल मड्रिडले आगामी सिजनमा ६ खेलाडी बेचेर आर्थिक संकट टार्ने योजना बनाउँदै

एजेन्सी
वैशाख ८, २०७७, सोमबार

रियल मड्रिडले आगामी सिजनमा क्लबका ६ खेलाडी बेचेर आर्थिक संकट टार्ने योजना बनाएको छ ।

त्यसका लागि क्लबको पहिलो टिममा परिवर्तन गर्ने रियलले जनाएको छ । आर्थिक संकट टार्न खेलाडी बेच्न खोजेको मड्रिडले जनाएको हो । रियलले क्लबका बेल, जेम्स रोड्रिग्वेज, भाज्क्वेज, ओड्रिजोला, मारियानो र नाचोलाई बेच्ने योजना बनाएको समाचार छ ।

यसअघि, खेलाडी अनुबन्धमा अघि रहँदै आएको रियल मड्रिडले लगातार दोस्रो सिजनमा खेलाडी बेच्ने अभियान चलाएको हो । कोरोना भाइरसका कारण विश्व फुटबल बजारमा ठूलो संकट आउने बताउँदै मड्रिड स्क्वाडको मार्केट भ्याल्यू पनि झण्डै १८ प्रतिशतले कम हुने बताइएको छ ।

यस्तो अवस्थामा रियलले ६ जना खेलाडीलाई बेचेर १२१ मिलियन युरो कमाउन खोजेको बताइएको छ । रियल मड्रिडको पूरा स्क्वाडको मूल्य १९१ दशमलव ५ मिलियन युरो छ ।

यसमध्ये रियलले बेल र जेम्स रोड्रिग्वेजका लागि ३२/३२ मिलियन मूल्य तोकिएको छ । भाज्क्वेज र ओड्रिजोलाका लागि १६/१६ मिलियन मूल्य तोकेको छ । मारियानोका लागि १३ मिलियन र नाचोका लागि १२ मिलियन मूल्य तोकेको छ ।

रियलको योजना अनुसार यी खेलाडीलाई बेचेमा पारिश्रमिक बापतको क्लबले वार्षिक ७५ मिलियन युरो बचाउनेछ ।