एट्लेटिको मड्रिडमा आफू फिट रहेको विश्वकै चौथो महङ्गा खेलाडी जाओ फेलिक्सको दाबी

उनलाई गत वर्ष एट्लेटिको मड्रिडले बेनफिकालाई १३५ मिलियन युरो तिरेर अनुबन्ध गरेको हो । उनले यस सिजनमा ११ गोल गरिसकेका छन् । त्यस्तै, ८ वटा ऐसिस्ट गरेका छन्

एजेन्सी
वैशाख ८, २०७७, सोमबार

विश्वकै चौथो महङ्गा पोर्चुगिज फुटबलर जाओ फेलिक्सले एट्लेटिको मड्रिडमा आफू फिट रहको दावी गरेका छन् ।

फेलिक्सले एट्लेटिको मड्रिड क्लबबारे प्रतिक्रिया दिदैँ यस्तो बताएका हुन् । एट्लेटिकोको खेल्ने शैली र रणनीतिमा आफू फिट भएको उनको दाबी छ ।

एट्लेटिको मड्रिड क्लबबारे फेलिक्सले भनेका छन्, ‘एट्लेटिकोमा आउन हरेक खेलाडीको सपना हुन्छ । अन्य धेरै क्लबहरुबाट आफूलाई अफर आएको छ । तर, एट्लेटिको मड्रिड क्लब आफूलाई फिट क्लब भएका कारण यहाँ आएको हुँ । विस्तारै एट्लेटिकोले खेलमा पकड जमाउनेछ ।’

जाओ फेलिक्स विश्वकै चौथो महङ्गा खेलाडी हुन् । उनलाई गत वर्ष एट्लेटिको मड्रिडले बेनफिकालाई १३५ मिलियन युरो तिरेर अनुबन्ध गरेको हो । यस सिजनको सुरुवातमा एट्लेटिको आएका उनले सुरुका खेलहरुमा खासै प्रभाव जमाउन सकेनन् ।

तर, पछिल्लो खेलहरुमा क्लबका लागि उनले बिस्तारै आफ्नो प्रभाव जमाउन सफल भएका छन् । उनले यस सिजनमा ११ गोल गरिसकेका छन् । त्यस्तै, ८ वटा ऐसिस्ट गरेका छन् ।