स्थगित भएको तुर्कमिनिस्तानको घरेलु फुटबल लिग फेरि शुरु भयो

विश्वभर फैलिएको कोरोनाको कारण मार्च २३ मा लिग स्थगित भएको थियो । कोरोनाको त्रासकै बीच मार्च ६ मा शुरु भएको लिग करिब ३ सातापछि रोकिएको थियो

एजेन्सी
वैशाख ९, २०७७, मंगलवार

तुर्कनिमिस्तानमा स्थगित गरिएको घरेलु फुटबल लिगलाई फेरी संचालनमा ल्याएको छ ।

कोरोना भाइरस महामारीको कारण तुर्कमिनिस्तानको फुटबल लिगलाई गत महिना स्थगित गरिएको थियो । विश्वभर फैलिएको कोरोनाको कारण मार्च २३ मा लिग स्थगित भएको थियो ।

कोरोनाको त्रासकै बीच मार्च ६ मा शुरु भएको लिग करिब ३ सातापछि रोकिएको थियो । स्थगित भएको एक महिना नबित्दै तुर्कमिनिस्तानको फुटबल लिग अप्रिल १९ मा पुनः शुरु गरिएको हो ।

अल्तेन असर र कोपेडागबीचको खेल हेर्न करिब ४ सयको संख्यामा दर्शकसमेत उपस्थित थिए । अस्गाबातस्थित सेन्ट्रल फिल्ड रंगशालामा भएको उक्त खेल १–१ को बराबरीमा सकिएको थियो ।

तुर्कमिनिस्तानको लिगमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । यस्तै बेलारुस, ताजिकिस्तानमा पनि फुटबल लिग भइरहेको छ । तुर्कमिनिस्तानमा अहिलेसम्म कोरोनाको संक्रमित देखिएको छैन । कोरोना भाइरस महामारीको कारण युरोपका ठूला लिगहरु भने अहिले स्थगित छ ।