दक्षिण अफ्रिका क्रिकेट टिमको श्रीलंका टुर स्थगित

दक्षिण अफ्रिकाले श्रीलंका टुरमा ३ एक दिवसीय र ३ वटा टी–२० अन्तराष्ट्रिय खेल खेल्ने तय भएको थियो

एजेन्सी
वैशाख ९, २०७७, मंगलवार

दक्षिण अफ्रिका क्रिकेट टिमको श्रीलंका भ्रमण स्थगित भएको छ ।

आगामी जुन महिनामा तय भएको भ्रमण विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ को कारण दक्षिण अफ्रिकी टिमले स्थगित गरेको हो ।

दक्षिण अफ्रिकाको श्रीलंका भ्रमण स्थगित भएको श्रीलंका क्रिकेटले जनाएको हो । श्रीलंका क्रिकेटले सोमबार विज्ञप्ति जारी गर्दै यसको पुष्टि गरेको हो । यो निर्णय श्रीलंका क्रिकेट र क्रिकेट दक्षिण अफ्रिकाले संयुक्त रुपमा लिएको विज्ञप्तिमा जनाइएको छ ।

दक्षिण अफ्रिकाले श्रीलंका टुरमा ३ एक दिवसीय र ३ वटा टी–२० अन्तराष्ट्रिय खेल खेल्ने तय भएको थियो । अब दक्षिण अफ्रिाकाको अर्को भ्रमण मिति पछि तय गरिने भएको छ । अवस्था सामान्य बनेपछि र अन्तर्राष्ट्रिय क्रिकेट पनि खुल्ला भएपछि टुरको तालिका पुनः तय गरिने विज्ञप्तिमा जनाइएको छ ।