कोरोनाले १ लाख ९० हजार बढिको ज्यान लियो, २७ लाख बढीको संख्यामा संक्रमित

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर साढे ६ हजारभन्दा बढीको मृत्यु भएको छ भने ८५ हजार जना नयाँ संक्रमित थपिएका छन् ।

जनसम्मत
वैशाख १२, २०७७, शुक्रबार

पोखरा ।  कोरोनाले १ लाख ९० हजार बढिको ज्यान लियो, २७ लाख बढीको संख्यामा संक्रमित
विश्वब्यापी महाव्याधी नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट १ लाख ९० हजार बढीले ज्यान गुमाएका छन् ।

विभिन्न तथ्यांक निकाल्ने संस्था वल्र्डाे मिटर्स डट इन्फोका अनुसार शुक्रबार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ९० हजार ४९९ पुगेको छ । संक्रमण हुनेको संख्या भने २७ लाख १६ हजार ३८८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर साढे ६ हजारभन्दा बढीको मृत्यु भएको छ भने ८५ हजार जना नयाँ संक्रमित थपिएका छन् । बिहीबार बिहानसम्म विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ८४ हजार थियो भने संक्रमितको संख्या २६ लाख ३७ हजार ६७३ पुगेको थियो ।

संक्रमितमध्ये ७ लाख ४५ हजार ३४३ जना भने उपचारपछि घर फर्किएका छन् । अहिले १७ लाख ८० हजार ५४६ जनामा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ५८ हजार ६७८ जनाको अवस्था भने गम्भीर रहेको छ ।