भारतमा कोरोना संक्रमण फैलादोँ, ७२१ जनाको ज्यान गयो, संक्रमित संख्या २३ हजार नाघ्यो

भारतमा पछिल्लो २४ घण्टामा मात्र १ हजार ६६९ नयाँ संक्रमित फेला परेका छन्

जनसम्मत
वैशाख १२, २०७७, शुक्रबार

पोखरा । भारतमा कोरोना संक्रमण थप फैलिँदै गइरहेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा मात्र १ हजार ६६९ नयाँ संक्रमित फेला परेका छन् ।

हालसम्म भारतमा कोरोनाबाट संक्रमण हुनेको संख्या २३ हजार ३९ पुगेको वल्र्डाे मिटर्सको तथ्यांकमा जनाइएको छ । त्यहाँ, बिहीबार मात्र कोरोना संक्रमणबाट ४० जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मर्नेको संख्या ७२१ पुगेको छ ।

भारतमा कुल संक्रमितमध्ये ५ हजार १२ जना भने पूर्णरुपमा निको भइसकेका छन् । हाल १७ हजार ३०६ जना संक्रमित उपचाररत् रहेको जनाइएको छ ।

भारतमा बुधबार कोरोनाबाट ३६ जनाको मृत्यु भएको थियो भने १२ सय ९० नयाँ संक्रमित फेला परेका थिए ।