अमेरिकी जनताको विश्वासलाई अमेरिकाले अपमान गरेको चीनको आरोप

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप समेत चीनको विदेश मन्त्रालयले लगाएको छ

एजेन्सी
जेठ १, २०७७, बिहीवार

अमेरिकाले आफ्ना नागरिकको विश्वासलाई अपमान गरेको चीनले आरोप लगाएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न अमेरिका असफल भएको आरोप समेत चीनको विदेश मन्त्रालयले लगाएको छ ।

मन्त्रालयका प्रवक्ता चाओ लिचियानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको सरकारले जनताको हितमा काम गर्न नसकेको टिप्पणी गरे । अमेरिकी प्रशासनले चीनलाई समेत कोरोना नियन्त्रणका लागि चीनले खेलेको प्रभावकारी भूमिकाको पनि गलत प्रचार गरेको उनले बताए ।

दैनिक पत्रकार सम्मेलनका क्रममा बिहीबार प्रवक्ता चाओले अमेरिकी अधिकारीहरूले कोरोना भाइरसको महामारीलाई पनि राजनीतिकरण गरेको आरोप लगाए । उनले भने, ‘आफ्नो जिम्मेवारीभन्दा पनि चीनको विषयमा नभएका हल्लाहरू सिर्जना गर्नु कुनैपनि राष्ट्रका लागि शोभनीय कुरा होइन । यो जायज छैन ।’