यस वर्षको ‘फिफा दी बेस्ट अवार्ड–२०२०’ रद्द

अवार्ड समारोह आगामी सेप्टेम्बरमा इटलीको मिलानमा हुने तय थियो । फिफाले आयोजना गर्ने यो अवार्ड रद्द गरिएपछि यो वर्ष कुनैपनि फुटबल खेलाडीले यस अवार्र्ड पाउने छैनन्

एजेन्सी
जेठ १, २०७७, बिहीवार

यस वर्षको ‘फिफा दी बेस्ट अवार्ड २०२०’ रद्द गरिएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अवार्ड समारोह रद्द गर्ने निर्णय गरेको हो । विश्वभर फैलिएको कोरोनाभाइरस (कोभिड–१९) महामारीका कारण अब अवार्ड नहुने भएको स्पानिस अनलाइन न्यूज पोर्र्टल मार्काले जनाएको छ ।

अवार्ड समारोह आगामी सेप्टेम्बरमा इटलीको मिलानमा हुने तय थियो । फिफाले आयोजना गर्ने यो अवार्ड रद्द गरिएपछि यो वर्ष कुनैपनि फुटबल खेलाडीले यस अवार्र्ड पाउने छैनन् ।

गत वर्ष बार्सिलोनाबाट क्लब फुटबल खेल्ने अर्जेन्टाइन लिओनल मेसीले फिफा बेस्ट अवार्ड जितेका थिए । मेसीसँगै क्रिस्टियानो रोनाल्डो पनि यो अवार्ड पाउने होडमा थिए । फिफाले यसअघि नै विभिन्न अन्तर्राष्ट्रिय फुटबलदेखि उमेर समूहको विश्वकप लगायत प्रतियोगिता स्थगित गरेको छ ।