फिफा महिला यु–१७ विश्वकपको नयाँ मिति तोकियो

विश्व फुटवलको सर्वोच्च निकाय फिफाले विश्वकप सन् २०२१ को फेब्रुअरी १७ देखि ७ मार्चसम्म भारतमा आयोजना हुने जनाएको हो

एजेन्सी
जेठ १, २०७७, बिहीवार

फिफा यु–१७ महिला विश्वकप फुटवलको नयाँ मिति तोकिएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण स्थगित भएको विश्वकप प्रतियोगिता अर्को वर्ष हुने मिति तोकिएको हो ।

विश्व फुटवलको सर्वोच्च निकाय फिफाले विश्वकप सन् २०२१ को फेब्रुअरी १७ देखि ७ मार्चसम्म भारतमा आयोजना हुने जनाएको हो । यसअघि, प्रतियोगिता यही नोभेम्बर २ देखि २१ सम्म भारतको विभिन्न पाँच शहरमा हुने तय थियो ।

त्यस्तै, फिफाले यु–२० महिला विश्वकप आगामी वर्षको जनवरीमा गर्ने जनाएको छ । कोस्टारिका र पानामामा तय भएको प्रतियोगिता जनवरी २० देखि ६ फेब्रुरीसम्म हुनेछ । यसअघि, सेप्टेम्बर र अगष्टमा तय भएको थियो ।

फिफाले लिथुनियामा हुने फुटसलको विश्वकपको समेत नयाँ मिति तोकेको छ । फिफाले सन् २०२१ को सेप्टेम्बर १२ देखि ३ अक्टोबरसम्म हुने जनाएको छ ।