४३ जिल्लामा कोरोना संक्रमण, सबैभन्दा गण्डकी प्रदेशमा कम (विस्तृत विवरणसहित)

प्रदेशका हिसावले सबैभन्दा कम संक्रमित गण्डकी प्रदेशमा छन् । त्यहाँ ५ जना संक्रमित भएकोमा २ जना निको भइसकेका छन्

जनसम्मत
जेठ १२, २०७७, सोमबार

पोखरा । नेपालका ७७ जिल्लामध्ये कोरोना संक्रमण ४३ जिल्लामा फैलिएको छ ।

प्रदेशका हिसावले सबैभन्दा कम संक्रमित गण्डकी प्रदेशमा छन् ।

यहाँ ५ जना संक्रमित भएकोमा २ जना निको भइसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सोमबारसम्ममा ४३ जिल्लामा कोरोना भाइरस संक्रमित भेटिएको हो ।

मन्त्रालयका अनुसार सबैभन्दा बढी वागमती प्रदेशमा ११ जिल्लामा कोरोना संक्रमण फैलिएको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा २ जिल्लामा मात्र संक्रमण फैलिएको छ ।

संक्रमित संख्याअनुसार सबैभन्दा संक्रमित प्रदेश नं. ५ मा रहेका छन् ।

त्यहाँ अहिलेसम्म २९२ जना संक्रमित देखिएकोमा ३५ जनाको डिस्चार्ज र २ जनाको मृत्यु भइसकेको छ ।

जिल्लाअनुसार हेर्दा अहिलेसम्म बाँकेमा सबैभन्दा बढी १४६ जना संक्रमित भएका छन् ।

पर्सामा ९५ जना संक्रमित भएका छन् ।