पोखरा । अमेरिकामा भड्किरहेको जातिवादी हिंसालाई लक्षित गरी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको अभिव्यक्तिलाई लिएर चर्को विरोध भइरहेको छ ।
ट्रम्पको भनाईलाई लक्षित गरी एकजना अमेरिकन प्रहरी प्रमुखले राष्ट्रपतिलाई राम्रो बोल्न आउँदैन भने चुप लागेर बस्न आग्रह गरेका छन् ।
‘राष्ट्रपतिलाई राम्रो बोल्न आउँदैन भने शान्त रहनु, चुप लागेर बस्नु,’ ह्ययुस्टनका प्रहरी प्रमुखले भनेका छन् ।
उनले भने ट्रम्पका कारण जनताले दुःख पाइरहेको बताएका छन् ।
‘ट्रम्पले यहाँको जनतालाई दुःख दिने काम गरिरहेका छन् । जुन अवस्था राम्रो होइन,’ उनले भनेका छन्, ‘हामीलाई राम्रो नेतृत्वको खाँचो छ । अहिलेको नेतृत्वले झन संकटको अवस्था सिर्जना गर्दैछ।’
उनले ट्रम्पलाई राष्ट्रपतिको जस्तो व्यवहार गर्न पनि भनेका छन् ।
‘राष्ट्रपति हो भने राष्ट्रपति जस्तो व्यवहार गर,’ उनले भनेका छन्, ‘देश र समाज हलिउड फिल्म जस्तो होइन ।’
अमेरिकामा गोरा जातिका प्रहरीले काला जातिका एक व्यक्ति जर्जको हत्या गरेपछि मिनेपोलिस लगायत देशका मुख्य सहरहरूमा रंगभेदी आन्दोलन भड्किएको छ । मानिसहरुले सडकमा आएर आक्रोश व्यक्त गरिरहेका छन् ।
भाइरल भएको एक भिडियोमा एक गोरा प्रहरीले जर्ज फ्लोयड नाम गरेको कालाजातिका व्यक्तिको गर्धनमा घुँडाले थिचिरहेको देखिन्छ । त्यसको केही मिनेटमा नै ४६ वर्षीय जर्ज फ्लोयडको मृत्यु हुन्छ । त्यसपछि अमेरिकामा हिंसा भड्किएको छ ।