आइतबारदेखि मालपोत कार्यलयहरु खोल्न भूमि व्यवस्थापन तथा अभिलेख विभागको निर्देशन

कोरोना भाइरस महामारीका कारण सिर्जित लकडाउनका कारण करिब साढे २ महिनादेखि मालपोत कार्यलयहरुको संपूर्ण सेवा ठप्प बनेको छ

जनसम्मत
जेठ २४, २०७७, शनिबार

पोखरा । देशभरका भूमिसुधार र मालपोत कार्यालय आइतबार (भोली)देखि खुल्ने भएका छन् ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचना निकालेर लकडाउनले प्रभावित सबै मालपोत कार्यलयहरु आइतबारदेखि निर्देशन दिएको हो ।

सेवाग्राहीको आग्रह भइरहेको भन्दै कार्यालय प्रमुख र आवश्यक कर्मचारीलाई उपस्थित गराई सेवा सुचारु गर्न निर्देशनमा भनेको छ ।

विभागको सूचनामा स्वास्थ्य सुरक्षा सतर्कता अपनाई आन्तरिक प्रशासन व्यवस्थापन तथा अन्य अत्यावश्यक सेवा सुचारु गर्न भनिएको छ ।

कोरोना भाइरस महामारीका कारण सिर्जित लकडाउनका कारण करिब साढे २ महिनादेखि मालपोत कार्यलयहरुको संपूर्ण सेवा ठप्प बनेको छ ।