ला लिगा सुचारु भयो, सेभिल्लाको महत्वपूर्ण जित

जनसम्मत
जेठ ३०, २०७७, शुक्रबार

पोखरा । महारथी स्पेनमा ३ महिना लामो समयपछि फुटबल फर्किएको छ ।

कोरोना भाइरसको महामारीका कारण गएको मार्च दोस्रो हप्तादेखि रोकिएको स्पेनिस ला लिगा फुटबल बिहीबार रातिदेखि पुनः सुचारु भएको हो । बिहीबार राति सुचरु भएको पहिलो खेलमा सेभिल्लाले रियल बेटिलाई पराजित गरेको छ ।

घरेलु रंगशालामा भएको खेलमा सेभिल्लाले २–० को जित दर्ता गरेका हो । बन्द रंगशालामा भएको खेलमा पहिलो हाफमा गोल गर्न नसकेको सेभिल्लाले दोस्रो हाफमा २ गोल गरेका थियो । जितसँगै सेभिल्लाले २८ खेलबाट तालिकामा ५० अंक बनाएको छ ।

सेभिल्लाका लागि ५६ औँ मिनेटमा पाएको पेनाल्टीमा ओक्याम्पस र ६२ औँ मिनेटमा रिगसले गोल गरे । सेभिल्लाको बन्द घरेलु एरिना रामोन साञ्चेज पिज्जुवानमा खेल भएको हो ।

खेल हेर्न रंगशालामा छिर्न नपाएपनि दुवै तर्फका समर्थकहरु खेल पूर्व हौसला बढाउनका लागि रंगशाला बाहिर पुगेका थिए । रियल बेटिस ३३ अंकसहित १२ औँ स्थानमा छ ।