इटालीमा पनि फुटबल फर्किदैँ, कोपा इटालियाको सेमिफाइनलमा युभेन्टस र मिलान भिड्दै

जनसम्मत
जेठ ३०, २०७७, शुक्रबार

पोखरा । कोरोना भाइरसका कारण स्थगित भएको फुटबल इटालीमा पनि शुक्रबार बेलुकीदेखि फर्किदैंछ ।

तीन महिना लामो समयपछि कोपा इटालियाको पहिलो सेमिफाइनल खेलबाट इटालीको फुटबल फर्कन लागेको हो । महामारीको सुरक्षित उपाय अपनाउँदै फुटबल सुरु गर्न लागिएको हो ।

शुक्रबार सेमिफाइनलको दोस्रो लेगमा युभेन्टस र एसी मिलानबीच हुनेछ । खेल नेपाली समयअनुसार बेलुका ८ बजे सुरु हुनेछ । कोपा इटालिया अन्तर्गत युभेन्टस र मिलानबीचको पहिलो सेमिफाइनल लेग भएको करिब चार महिना बितिसकेको छ । जहाँ दुवै टोलीले १–१ को बराबरी खेलेका थिए ।

कोपा इटालियामा बाँकी रहेका कुनै पनि खेलमा एक्स्ट्रा टाइमको नियम लागु हुनेछैन । जसमा निर्धारित समयमा दुवै टोलीबाट खेल बराबरीमा रोकिन पुगे खेलको निर्णय सोझै पेनल्टी सुटआउटबाट हुनेछ । सबै खेलहरु दर्शकबिनाको क्लोज डोर रंगशालामा खेलाइनेछ । कोपा इटालियाको फाइनल खेल जुन १७ मा हुने तय छ ।

कोपा इटालियाको दोस्रो सेमिफाइन खेल शनिबार नापोली र इन्टर मिलानबीच हुनेछ । पहिलो लेगमा नापोलीले इन्टर मिलानमाथि १–० को जित निकालेको थियो ।