चीनले भन्यो, २० सैनिकको ज्यान जानेगरी भएको गलवान घटनामा भारत जिम्मेवार

प्रधानमन्त्री मोदीले आफ्नो क्षेत्रभित्र चिनियाँ सैनिक प्रवेश नगरेको प्रष्टिकरण दिएका छन्

जनसम्मत
असार ६, २०७७, शनिबार

काठमाण्डौं । लद्दाखको गलवान आफ्नो अधिकार क्षेत्रभित्र पर्ने चीनले जवाफ दिएको छ ।

चीनको विदेश मन्त्रालयले गलवान आफ्नो अधिकार क्षेत्रभित्र पर्ने प्रतिक्रिया दिएको हो । चीनले आफ्नो हिरासतमा भारतीय सैनिक नरहेको पनि प्रष्ट पारेको छ । बिहीबार मात्रै नियन्त्रणमा लिएका कर्णेल सहित दश जना भारतीय सैनिकलाई चीनले छोडेको थियो ।

विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने, ‘अब कोही भारतीय सैनिक चीनको हिरासतमा छैन ।’

भारतीय सैनिक हिरासतमा लिएकोबारे चीनले केही प्रतिक्रिया दिएको छैन । १५ देखि १६ जूनको राति भएको झडपमा एक कर्णेल सहित २० जना भारतीय सैनिकको मृत्यु भएको छ । थप ७६ सैनिक घाइते रहेको भारतीय सरकारले जनाएको छ । ती घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । तर, अहिलेसम्म चिनियाँ पक्षले भने आफ्नो पक्षमा भएको क्षतिबारे केही प्रतिक्रिया दिएको छैन ।

भारतमा चीनको विरुद्ध प्रदर्शन भइरहेका बेला चीनले भने यो घटनाको जिम्मेवार भारत नै भएको जवाफ दिएको छ । ती चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताका अनुसार, गलवान घटनाको जिम्मेवार भारत नै भएपनि कुटनैतिक माध्यमबाट तनाव कम गर्नेबारे छलफल भइरहेको छ।

उच्चस्तरीय सम्वाद भएपछि नै चीनले आफ्नो नियन्त्रणमा रहेको भारतीय सैनिकलाई बिहीबार छोडेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार यसबारे सर्वदलीय बैठक गरेका छन् । भर्चुअल बैठक गरी प्रधानमन्त्री मोदीले आफूहरु शान्तिको पक्षमा रहेको तर, मुलुकको सार्वभौमकिताप्रति प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री मोदीले आफ्नो क्षेत्रभित्र चिनियाँ सैनिक प्रवेश नगरेको प्रष्टिकरण दिएका छन् ।

 

हिमाल खबर डट कममा समाचार छ ।