पत्रकार पौडेल सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानीत

गण्डकी प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पत्रकार पौडेललाई दोसल्ला ओढाएर नगद २० हजार ५ सय रुपैयाँ, ताम्रपत्रद्धारा सम्मान गरेका हुन् ।

जनसम्मत
भाद्र ३०, २०७७, मंगलवार

पोखरा । कान्तिपुर टेलिभिजनका संवाददाता ईन्द्र पौडेल सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०७६ बाट सम्मानीत भएका छन् ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सचिब सचिव समेत रहेका पौडेललाई क्लबले आफ्नो २२ औं वार्षिकोत्सवको अवसरमा पुरस्कार प्रदान गरेको हो ।

गण्डकी प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पत्रकार पौडेललाई दोसल्ला ओढाएर नगद २० हजार ५ सय रुपैयाँ, ताम्रपत्रद्धारा सम्मान गरेका हुन् ।

क्लबले प्रत्येक वर्ष पत्रकारिताको माध्यमबाट खेलकुदको विकासमा योगदान पु¥याएको र विशेषगरी खेलकुद बिटलाई प्राथमिकता दिएर समाचार संप्रेषण गर्ने पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ ।

क्लवले आफ्नो स्थापना दिवसको अवसरमा विगत १५ वर्षदेखि यो पुरस्कार प्रदान गर्दै आएको छ । क्लबका सल्लाहकार एवं अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित ७ सदस्यीय प्रतिभा छनोट समितिले पौडेललाई छनोट गरेको हो । यसअघि, सो पुरस्कारबाट पोखराका १४ जना क्रियाशील पत्रकार एवं संचारकर्मी पुरस्कृत भइसकेका छन् ।

कार्यक्रममा बोल्दै मन्त्री गुरुङले क्लवका सदस्य प्रकाश रानामगरलाई क्लवको उत्कृष्ट सदस्यको रुपमा सम्मान गरे । रानाले क्लवका लागि उत्कृष्ट योगदान दिएको भन्दै क्लबले सम्मान गरेको हो । सो अवसरमा क्लवले आफ्नो वार्षिक प्रतिवेदन समेत सार्वजनिक गरेको छ ।

सम्मान कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सहारा क्लब पोखरा खेलकुदको पर्याय शब्द रहेको उल्लेख गरे । उनले भने, ‘यहाँको खेलकुद विकासका लागि सहारा क्लब उदाहरण मात्रै होइन खेलकुदको पर्याय बनेको छ ।’

कार्यक्रममा वोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सम्पन्न श्रेष्ठले सहारा क्लबले पोखराको क्षेत्रमा खेलकुद र सामाजिक अभियानमार्फत पु¥याएको योगदान प्रशंसनीय रहेको बताए । उनले सहाराले आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा क्लबका अध्यक्ष केशव थापा, संस्थापक अध्यक्ष वसन्त थकाली, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली र सम्मानीत पत्रकार ईन्द्र पौडेललगायतले बोलेका थिए ।

उक्त अवसरमा लायन्स क्लब अफ पोखरा लेकसाइडले सहारा एकेडेमीलाई १० हजार रुपैयाँ सहयोग समेत गरेको छ ।