नुवाकोटकी सोमिकाले एकैपटक ५ शिशुलाई जन्म दिइन्

५ शिशुमध्ये एक जनाको जन्मनुअघि मृत्यु भएको र ४ जना जीवित रहेको अस्पतालले जनाएको छ

जनसम्मत
असाेज १९, २०७७, सोमबार

पोखरा । नुवाकोटकी सोमिका तामाङले सोमबार ५ शिशुलाई जन्म दिएकी छन् ।

२८ वर्षीय सोमिकाले काठमाण्डौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा एकै पटक ५ वटा शिशुलाई जन्म दिएको अस्पताल श्रोतले जनाएको छ ।

सोमिकाले जन्माएको ५ शिशुमध्ये एक जनाको जन्मनुअघि मृत्यु भएको र ४ जना जीवित रहेको अस्पतालले जनाएको छ । शल्यक्रियबाट ती शिशुहरुको जन्म भएको अस्पतालले जनाएको छ ।

अस्पतालले जनाए अनुसार हाल बाल रोग विशेषज्ञ डा श्रद्धा श्रेष्ठको रोहबरमा ति शिशुहरुको उपचार भइरहेको छ ।जीवित जन्मिएका ४ शिशुलाई हाल निगरानीका लागि एनआइसियूमा राखिएको छ । अस्पताल श्रोतका अनुसार आमा र शिशु सबैको स्वास्थ्य अवस्था सामान्य छ ।

शिशुहरु १ किलो ९ सय ग्राम, १ किलो ८ सय ग्राम, १ किलो ६ सय ग्राम र ८ सय ग्रामको रहेको अस्पतालले जनाएको छ । सोमिकाको ३ हप्ताअघि भिडियो एक्सरे गर्दा एक शिशुको गर्भमै मृत्यु भएको थियो ।

 

तस्बीर साभार : नेपाल लाइभ डट कम