पोखरामा थप एक जना कोराना संक्रमितको मृत्यु

उनको कोभिड–१९, बी÷एल र निमोनिया लगायतका स्वास्थ्य समस्या रहेको निर्देशनालयले जनाएको छ

जनसम्मत
कार्तिक १३, २०७७, बिहीवार

पोखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नं १३ की ३६ वर्षीया एक महिलाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयद्वारा बिहीबार बिहान जारी विज्ञप्तिमा जनाइएअनुसार, कोभिड–१९ को संक्रमण भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत उपचार केन्द्रको आइसीयु कार्तिकको ५ गतेदेखि भर्ना भई उपचाररत महिलाको हिँजो (बुधबार) राती ११ बजे उपचारकै क्रममा मृत्यु भएको हो ।

उनको कोभिड–१९, बी÷एल र निमोनिया लगायतका स्वास्थ्य समस्या रहेको निर्देशनालयले जनाएको छ ।

प्रतिष्ठान अन्तरर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको उपचार केन्द्रमा कोरोनाका कारण मृत्यु हुनेको संख्या योसँगै २० पुगेको छ ।