२४ घण्टामा थप ७,६६० जनामा कोरोना संक्रमण पुष्टि

मंगलबार १७५५ जनाले कोरोनालाई जित्यो, कोरोनाकै कारण ५५ जनाको ज्यान गयो

जनसम्मत
वैशाख २१, २०७८, मंगलवार

नेपालमा गत २४ घण्टामा ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज (मंगलबार) १६ हजार १ सय ३१ पीसीआर परीक्षण गरिएकोमा ७ हजार ५ सय ८७ जनामा र ५ सय ७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण देखिएको हो। यससँगै नेपालमा कूल संक्रमितको संख्या ३ लाख, ५१ हजार ५ जना पुगेको छ।

त्यसैगरि, गत २४ घण्टामा नेपालमा १ हजार ७ सय ५५ जनाले कोरोनालाई जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हाल नेपालमा २ लाख ८७ हजार ७ सय ९० जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। नेपालमा हालसम्म कूल संक्रमितमध्ये ८१ दशमलव ९९ प्रतिशत निको भएका हुन्।

गत २४ घण्टामा कोरोनाका कारण ५५ जनाले ज्यान गुमाएका छन्। यो एकै दिनमा ज्यान गुमाउनेको सर्वाधिक संख्या हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आज (मंगलबार) को कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरण अनुसार हालसम्म नेपालमा कोरोनाभाइरसका कारण ३ हजार ४ सय १७ जनाले ज्यान गुमाइसकेका छन्। नेपालमा कूल कोरोना संक्रमितमध्ये ०.९७ प्रतिशतले ज्यान गुमाएका छन्।