युद्धग्रस्त स्थानमा रिपोर्टिङ गर्दागर्दै मारिए भारतीय फोटोपत्रकार

सिद्दिकी रोयटर्सबाट सन् २०१८ मा पुलित्जर पुरस्कार पाउने फोटोपत्रकार हुन्

जनसम्मत
श्रावण १, २०७८, शुक्रबार

बेलायती न्यूज एजेन्सी रोयटर्सका भारतीय फोटोपत्रकार दानिस सिद्दिकी रिपोर्टिङ गर्ने क्रममा मारिएका छन्।

अफगानिस्तानको युद्धग्रस्त क्षेत्रमा रिपोर्टिङकै क्रममा कान्दार पुगेका सिद्दिकी सुरक्षाकर्मीकै घेरामा मारिएका हुन्।
सिद्दिकी केही दिनदेखि अफगानिस्तानमा भइरहेको युद्धको रिपोर्टिङ गरिरहेका थिए।

तालिवानले पाकिस्तानसँग सीमा जोडिएको मुख्य सीमा चौकीमाथि नियन्त्रण जमाएको थियो । सोही आक्रमणमा परि उनी मारिएका हुन्। हालसम्म उक्त आक्रमणमा कतिजनाको मृत्यु भयो भन्नेबारे विवरण आइसकेको छैन।

सिद्दिकी रोयटर्सबाट सन् २०१८ मा पुलित्जर पुरस्कार पाउने फोटोपत्रकार पनि हुन्। उनले एक टेलिभिजनमा समाचार संवाददातामार्फत् मिडियामा प्रवेश गरेका थिए।

सन् २०१० मा इन्टर्नका रुपमा रोयटर्समा प्रवेश गरेका उनी भारतमा रोयटर्स पिक्चरर्स मल्टिमिडियाका प्रमुख थिए।