नेकपा एमाले सांसद भीम रावलले सांसद पदबाट राजीनामा दिए

नेतृत्वको चरम सत्ता लिप्साका कारण सांसद पदबाटै राजीनामा दिएँ : रावल

जनसम्मत
श्रावण ३, २०७८, आइतबार

नेकपा एमालेका सांसद भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा संसद् सचिवालयसमक्ष बुझाएका हुन्।

नेकपा एमालेमा देखिएको विवादका कारण उनले राजीनामा दिएको बताएका छन्। उनले राजीनामा पत्रमा भनेका छन्, ‘राजनीतिक नेतृत्वबाट देश र जनतालाई अनिश्चियतर्फ धकेलियो । राजनीतिक वृत्तको नेतृत्वमा देखिएको चरम सत्ता लिप्सा देख्दा नेपालीको मन रुन्छ । पार्टी एकताका लागि अधिकतम प्रयत्न पनि गरेँ । अनियन्त्रित राजनीतिक स्वेच्छाचारी व्यवहार र षडयन्त्रका कारण पनि राजीनामा दिएको हुँ ।’