नयाँ बेहुला–बेहुलीको जोडीलाई पोखराको दुईतर्फी निशुल्क टिकट उपहार

जनसम्मत
मंसिर २२, २०७८, बुधबार

नव विवाहित जोडीलाई बुद्ध एयरले आफ्नो विमानबाट यात्रा गर्ने बेहुला–बेहुलीको जोडीलाई पोखरा हनिमुनका लागि निशुल्क दुईतर्फी टिकट उपहार दिने भएको छ।

नव विवाहित जोडीले बुद्ध एयरको विमानबाट यात्रा गरेको हुनुपर्नेछ। यस बापत जोडीले बुद्ध एयरबाट पोखराको दुईतर्फी टिकट उपहार पाउनेछन्।

यसका लागि बेहुला–बेहुलीले विवाह गरेको दिन विवाहको पोसाकसहित बुद्ध एयरको विमानमा यात्रा गरेको फोटो खिचेर बुद्ध एयरको सामाजिक सञ्जालमा ट्याग गर्नुपर्नेछ।

त्यसपछि कम्पनीले उक्त जोडीलाई सम्पर्क गरेर टिकट उपलब्ध गराउने बुद्ध एयरको सामाजिक सञ्जाल फेसबुकमा उल्लेख छ।

फेसबुकमा उल्लेख गरेको छ, ‘हाम्रो विमानबाट बेहुला बेहुली यात्रा गर्ने जोडीलाई पोखराको दुईतर्फी टिकट उपहार। तपाईले यात्रा गरेको तस्विर हामीलाई ट्याग गर्न नर्बिसनुहोस्।’