पीएम कपः पुलिसको रोमाञ्चक जित

जनसम्मत
पौष २६, २०७८, सोमबार

विभागीय टोली नेपाल पुलिस क्लबले सुदूरपश्चिम ११ लाई रोमाञ्चक २ रनले पराजित गर्दै प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय टी–२० प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

मूलपानी खेल मैदानमा जितका लागि ९४ रनको विजयी लक्ष्य पाएको सूदुरपश्चिम प्रदेश निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९१ रनमा समेटियो। सुदूपश्चिमका गजेन्द्र बोहोराले सर्वाधिक २७ रन बनाए। नारायण जोशीले २२ रनको योगदान दिए। यस्तै, खडक बोहोराले १३ रनको योगदान गरे।

पुलिसका आशिफ शेषले सर्वाधिक ४ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ९ रन मात्रै खर्चिए। यस्तै, करण केसी, दीपेन्द्रसिंह ऐरी र पवन सराफले समान १/१ विकेट लिए।

यसअघि, टस हारेर ब्याटिङ गरेको पुलिसले कुशल मल्लको २१, पवन सराफको २० र आरिफ शेषको १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन्। टस हारेर बलिङ पाएको सुदूरपश्चिमको लागि आदित्य महत र नारायण जोशीले सर्वाधिक ३/३ विकेट लिए। शेर मल्लले २ विकेट लिए।

जितसँगै समूह ए मा रहेको पुलिसले पनि महत्वपूर्ण २ अंकको खाता खोलेको छ।