टर्कीकी प्रख्यात पत्रकार सेदेफ काबास पक्राउ

‘एउटा प्रसिद्ध उखान छ, ‘मुकुट लगाएको शिर अझै बुद्धिमान् हुन्छ। तर, त्यो सही नभएको हामी देखिरहेका छौं,’ उनले टेली च्यानललाई थपेकी छिन्, ‘दरबारमा पस्दैमा साँढे राजा बन्दैन, बरू दरबार गोठ बन्छ।’

जनसम्मत
माघ १०, २०७८, सोमबार

टर्कीको एक अदालतले त्यहाँकी प्रख्यात पत्रकार सेदेफ काबासलाई कारागारमा राखेर पुर्पक्ष चलाउन आदेश दिएको छ।

इस्तानबुलमा शनिवार पक्राउ परेकी काबासलाई अदालतले पुर्पक्ष चलुन्जेल कारागान चलान गर्न आदेश दिएको हो।

राष्ट्रपति रेचेप तैयिप एर्दोआनलाई लाइभ टीभीमा उखान भनेर अपमान गरेको उनीमाथि आरोप छ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको बारेमा आपत्तिजनक टिप्पणी गरेको आरोपमा प्रख्यात पत्रकार सेदेफ काबासलाई पक्राउ गर्न आदेश दिएको सीएनएन टर्कले शनिबार जनाएको हो।

कार्यक्रमको क्रममा पत्रकारले लाइभ टिभीमा राष्ट्रपति एर्दोगानको नीतिहरूको बारेमा कुरा गर्दा ‘दरबारमा गाईवस्तु’ भन्ने भनाई उल्लेख गरेको स्तुपनिकले रिपोर्ट गरेको छ।

टर्कीको कानुनअनुसार राष्ट्रपतिको अपमान गर्नु फौजदारी अपराध हो। काबासको भनाईले सामाजिक सञ्जालमा व्यापक ध्यानाकर्षण भयो र टर्कीका अधिकारीहरूबाट कडा प्रतिक्रिया आएको छ। सत्तारुढ जस्टिस एन्ड डेभलपमेन्ट पार्टीका प्रेस सेक्रेटरी ओमेर सेलिकले उक्त टिप्पणीलाई अनैतिक र मूर्खतापूर्ण भनेका छन्। शनिबार, टर्कीको अदालतले पत्रकारलाई गिरफ्तार गर्ने निर्णय गरेको सीएनएन टर्कले जनाएको छ।

आफूविरुद्धको आरोप उनले खण्डन गरेकी छन्। आरोप प्रमाणित भएमा उनले १ देखि ४ वर्षसम्मको कैद सजाय पाउनेछिन्।

‘एउटा प्रसिद्ध उखान छ, ‘मुकुट लगाएको शिर अझै बुद्धिमान् हुन्छ। तर, त्यो सही नभएको हामी देखिरहेका छौं,’ उनले टेली च्यानललाई बताएकी छिन्।

‘दरबारमा पस्दैमा साँढे राजा बन्दैन, बरू दरबार गोठ बन्छ,’ उनले थपिन्।

पछि उनले ट्विटरमा पनि उक्त भनाई राखेखकी छिन्।

एर्दोआनका प्रमुख प्रवक्ता फाहरेत्तिन अल्तुनले उनको टिप्पणी गैरजिम्मेवार भएको बताएका छन्।

टेली च्यानलका सम्पादक मर्दान यानारदागले काबासलाई पक्राउ गरिएकोमा आलोचना गरेका छन्।

‘एउटा उखान भनेको भरमा उनलाई बिहान २ बजे हिरासतमा लिनु अस्वीकार्य छ,’ उनले थपेका छन्, ‘पत्रकार, सञ्चारमाध्यम र समाजलाई त्रासमा राख्ने प्रयास हो यो।’

एर्दोआन राष्ट्रपति बनेदेखि पत्रकारहरूमाथि व्यापक दमन गरिरहेका छन्।