तनहुँ बिमलनगरको चुनपहरामा विश्वकर्मा बाबाको मुर्ति स्थापना

जनसम्मत
फागुन २, २०७८, सोमबार

तनहुँको बिमलनगरस्थित चुनपहरामा विश्वकर्मा बाबाको मुर्ति स्थापना गरिएको छ।

पृथ्वीराजमार्गको बिमलनगर र नयाँपुलको बीच भागमा पर्ने अत्यन्तै रमणीय स्थलको रुपमा परिचित चुनपहराको आकर्षक स्थलमा विश्वकर्मा बाबाको मुर्ति प्रतिस्थापना गरिएको हो।

ठाउँको व्यवस्थापन, विश्वकर्मा बाबाको मुर्ति र घण्टीका लागि करिब ५ लाख ६१ खर्च भएको छ।

बन्दीपुरका समाजसेवी सन्तकुमार श्रेष्ठले ३ लाख ६१ हजार सहयोग गरेका छन । साथै श्रेष्ठले भुईमा स्लेट बिच्छ्याउन थप ३५ हजारको खर्च ब्यहोर्ने प्रतिबद्धता ब्यक्त गरेका छन।  यस्तै बन्दिपुर केवलकार प्रालिले २ लाख रुपैंया खर्च गरेको छ।

सहयोगदाताहरु सन्तकुमार श्रेष्ठका ज्वाइँ बिकास श्रेष्ठ र बन्दिपुर केवलकार प्रालिका तारानाथ उपाध्यायले संयुक्त रुपमा उद्घाटन गरे।
यसैबीच गोरखा क्षेत्र नं. २ ख का प्रदेश सांसद प्रकाशचन्द्र दवाडीले विश्वकर्मा बाबाको मुर्तिमा पुजा गरेका थिए।

काँग्रेस संसदिय दलका प्रवक्ता समेत रहेका दवाडीले सोही स्थानमा निर्माणको क्रममा अलपत्र रहेको जनजाती संग्राहलयको पनि अवलोकन गरे।