दमौलीदेखि तनहुँसुरसम्मको महिला हाफ म्याराथन हुँदै

जनसम्मत
फागुन ११, २०७८, बुधबार

तनहुँको जिल्ला सदरमुकाम दमौलीदेखि ऐतिहासिक तनहुँसुरसम्मको महिला हाफ म्याराथन हुँदैछ।

व्यास नगरपालिकाले फागुनको २८ गते महिला हाफ म्याराथन गर्ने भएको हो।

नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले फागुन २४ गते हाफ म्याराथनको आयोजना गर्ने निर्णय गरेको हो।

त्यस्तै, मानहुँकोटदेखि पुलिमराङसम्म व्यास अल्ट्रा म्याराथन हुने बताइएको छ। सम्पन्न बैठकले सो निर्णय गरेको हो।

खेलकूदका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले व्यास नगरपालिकाले वर्षेनी अल्ट्रा म्याराथनको आयोजना गर्दै आएको हो।

मानहुँकोटलाई पर्यटकीय गन्तव्य बनाउने र पुलिम¥याङको सहीदपार्ककोसमेत विकासमा सघाउने उद्देश्यले अल्ट्रा म्याराथनको आयोजना गर्न लागेको व्यास नगरपालिकाले जनाएको छ।

हरेक वर्ष सहीद दिवसमा यो प्रतियोगिता आयोजना गर्दै आए पनि यसअघि कोरोनाका कारण स्थगित गरिएको थियो। राजमार्गको नजिक पर्ने भएकोले मानहुँकोट आन्तरिक पर्यटकमाझ निकै नै चर्चित छ ।