गण्डकी प्रदेश फोनिजको अध्यक्षमा श्रीसमगर

जनसम्मत
फागुन १९, २०७८, बिहीवार

नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको अध्यक्षमा रुद्रबहादुर श्रीसमगर चयन भएका छन्।

पोखरामा बुधबार सम्पन्न दोस्रो प्रादेशिक महाधिवेशनबाट श्रीसमगर सर्वसम्मत अध्यक्षमा चयन भएका हुन्। यसअघि, श्रीसमगर फोनिज गण्डकीको महासचिव थिए।

यस्तै, महाधिवेशनबाट उपाध्यक्ष खुल्लामा खिमा गुरुङ र सूर्यकुमारी महतो (महिला) तर्फ चयन भएका छन्।

महासचिवमा धनबहादुर गुरुङ (सुमन), सचिवमा विजय रानामगर (संगठन) तर्फ र अर्जुन गाहामगर (सुशान्त) संस्थागततर्फ र कोषाध्यक्षमा रत्ना गुरुङ छन्।

सदस्यहरुमा गिता रानामगर, कृष्णबहादुर आलेमगर, चेतबहादुर थापामगर (प्रविन), सुरज थापामगर, सुमन थापामगर, शारदा श्रेष्ठ, गणेश गुरुङ (सुरेन), टोपबहादुर रानामगर र मनलाल गुरुङ छन्।

महाधिवेशनको बन्दसत्रले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको फोनिज गण्डकी प्रदेश ईन्चार्ज हुम गुरुङले जानकारी दिएका छन्।

कार्यक्रममा फोनिज संघीय समितिका अध्यक्ष डण्ड गुरुङ, वरिष्ठ उपाध्यक्ष गजुरधन राई, संगठन सचिव मिलन लिम्बू, संघीय समिति सदस्य मिला दराईलगायतको उपस्थिति थियो।

कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गरेका थिए। उनले पत्रकार पुर्वाग्राही नभई प्रतिपक्षको भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

गण्डकी प्रदेशका कानुन, संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले प्रदेश सरकारले फोनिजलाई विनियोजन भएको बजेट सदुपयोग भएको भन्दै थप सफलताको शुभकामना व्यक्त गरे।