चक्कु प्रहारबाट पोखरा मौजाका गुरुङको मृत्यु, २ जना प्रहरि नियन्त्रणमा

जनसम्मत
फागुन १९, २०७८, बिहीवार

पोखरा–२० मौजामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ।

गए राति १ बजे चक्कु प्रहार हुँदा ३५ वर्षीय गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

गुरुङलाई चक्कु प्रहारबाट गंभीर घाइते भएको अवस्थामा १ः३० बजे उद्धार गरी मणिपाल अस्पताल पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेको थियो

प्रहरिका अनुसार घटनामा संलग्न रहेको आशंकामा २ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।