नेपालका क्रिकेटर दीपेन्द्रसिंह ऐरी ‘आईसीसी प्लेयर अफ द मन्थ’ को मनोनयनमा

जनसम्मत
फागुन २५, २०७८, बुधबार

नेपालका क्रिकेटर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको महिनाकै उत्कृष्ट खेलाडी अर्थात् ‘प्लेअर अफ द मन्थ’ को मनोनयनमा पर्न सफल भएका छन्।

आईसीसीले आज (बुधवार) सार्वजनिक गरेको फेब्रुअरी महिनाको उत्कृष्ट ३ जना खेलाडीको सूचीमा नेपालका दीपेन्द्रसिंह ऐरीसँगै भारतका श्रेयस अयर र यूएईका वृत्य अरविन्द मनोनयनमा परेका छन्।

भोटिङका आधारमा ३ जनामध्ये एक जना महिनाकै उत्कृष्ट खेलाडी घोषित हुनेछन्। आईसीसी टी–२० विश्व कपको ग्लोबल छनोटमा नेपाल छनोट हुन सकेन र तेस्रो स्थानमै रह्यो। तर नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे। उनले प्रतियोगितामा १ सय ५९ रन बनाउँदै ६ विकेट पनि लिन सफल भए।

छनोटअघि ओमान, यूएई र आयरल्यान्डसँग भएको शृंखलामा पनि दीपेन्द्रले १ सय ४२ रन बनाउँदै ४ विकेट पनि लिए।