२ जना युट्युबर पक्राउ

जनसम्मत
फागुन २५, २०७८, बुधबार

युट्युबमा भ्रामक समाचार र वक्तव्यबाजी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–८ भीमढुंगाका ५३ वर्षीय हरि परियार र लमजुङ घर भई हाल तारकेश्वर नगरपालिका–४ बस्ने २७ वर्षीय निशान चिलवाल छन्।

नेपाल प्रहरीको साइबर ब्युरोले उनीहरूलाई बुधबार पक्राउ गरेको हो। प्रहरीका अनुसार परियार नेपाल मिडिया नामको युट्युब च्यानल संचालन गर्दै आएका थिए।

यसैगरी, चिलवाल विशाल नेपाल नामको युट्युब च्यानल चलाउँदै आएका थिए। उनीहरूलाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार काठमाडौं जिल्ला अदालतबाट ७ दिन थुनामा राख्ने अनुमति लिइएको साइबर ब्युरोका प्रवक्ता एसएसपी नबिन्द अर्यालले बताए।

सेतोपाटीमा समाचार छ।