पत्रकार जितेन्द्र महर्जन हिरासत मुक्त, पत्रकार महासंघद्धारा अभिन्दन

सन्दर्भ: विश्व प्रेस स्वतन्त्रता दिवस

जनसम्मत
वैशाख १८, २०७६, बुधबार

पोखरा । जनपत्रकार संगठन, नेपाल काठमाडौंका संयोजक जितेन्द्र महर्जनलाई नेपाल पत्रकार महासंघले अभिनन्दन गरेको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित एक्यवद्धता ¥यालिपछि कोणसभामा बुधबार महर्जनलाई महासंघले अभिनन्दन गरेको हो ।
२२ दिनको हिरासत बसाईपछि पत्रकार महर्जन सर्वाेच्च अदालतको आदेशमा मंंगलबार रिहा भएका थिए ।

६ दिनअघि पत्रकार जितेन्द्र महर्जनको रिहाईका लागि धर्ना बसेका पत्रकारहरु ।

अभिनन्दनपछि बोल्दै पत्रकार महर्जनले रिहाईका लागि पहल गर्ने नेपाल पत्रकार महासंघ, जनपत्रकार संगठन, नेपाललगायत सबैलाई धन्यवादसहित आभार प्रकट गरे । उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकटमा परेको भन्दै सबै एकजुट हुन आग्रहसमेत गरे ।

न्हूगु ज्वजलपा वास् पौ साप्ताहिक पत्रिकाका सम्पादक तथा जनपत्रकार संगठन, नेपाल काठमाडौँका संयोजक जितेन्द्र महर्जन सर्वोच्च अदालतको आदेशपछि रिहा भएका थिए ।