एसियन कप फुटसल छनोटः आज नेपालले उज्बेकिस्तानसँग खेल्दै

जनसम्मत
चैत्र २७, २०७८, आइतबार

एएफसी फुटसल एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज (आइतबार) उज्बेकिस्तानसँग खेल्दैछ।

किर्गिस्तानमा हुने खेल बिहान पौने ११ बजे सुरु हुनेछ। उज्बेकिस्तानसँग सन् २०१७ मा नेपाल १४–१ र सन् २०१९ मा ४–१ ले पराजित भएको थियो।

छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले दोस्रो खेलमा भोलि ताजकिस्तानसँग र अन्तिम खेलमा पर्सि अफगानिस्तानसँग खेल्ने तालिका छ।