गण्डकीको ८६ पालिकामा ३३३ को मनोनयन

जनसम्मत
वैशाख १३, २०७९, मंगलवार

गण्डकी प्रदेशमा १ महानगर सहित ८५ पालिकामा ३३३ को उम्मेदवारी दर्ता भएका छन्।

यहाँको १ महानगर सहित २७ नगरपालिकाको मेयरमा १ सय ५१ जनाको उम्मेदवारी दर्ता भएको छ।

त्यस्तै, उपमेयरमा भने ८४ जना मात्रै छन्। ५८ गाउँपालिकाको नेतृत्वका लागि १८२ जनाले उम्मेदवारी दिएका निर्वाचन आयोगले जनाएको छ। उपाध्यक्ष बन्न भने १ सय ३७ को मात्रै उम्मेदवारी छ।

यस्तै, यहाँका ७५९ वडाअध्यक्षका लागि १ हजार ३ सय ९१ जनाले मनोनयन दर्ता गरेका छन्। महिला सदस्यमा ९ सय ८, दलित महिला सदस्यमा ७ सय ९० र २ खुला सदस्यका लागि १ हजार ९ सय ६९ जनाको मनोनयन परेको छ। गण्डकीमा कुल ५ हजार ६ सय १२ जनाले मनोनयन दर्ता गराएका हुन्। सबैभन्दा बढी मनोनयन पोखरा महानगरमा परेको छ भने सबैभन्दा कम नार्पाभूमी गाउँपालिकामा परेको छ।