अर्जुन राईले जिते नेपालकै लामो मञ्जुश्री ट्रेल रेस

१ सय माइलको दुरी ३१ घण्टा १० मिनेट ५७ सेकेण्डमा पार

जनसम्मत
वैशाख १७, २०७९, शनिबार

अर्जुन राईले दोस्रो संस्करणको मञ्जुश्री ट्रेल रेस जितेका छन्।

सोलुखुम्बुका अर्जुनले निर्धारित १ सय माइलको दुरी ३१ घण्टा १० मिनेट ५७ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन्।

पार्ट टाइम ट्रेकिङ गर्दै आएका अर्जुन मञ्जु श्री ट्रेल रेसको नयाँ च्याम्पियन बनेका हुन्।

उनले गत संस्करणका विजेता जीवन लामाले बनाएको ३३ घण्टा १५ मिनेटको दुरीको रेकर्ड पनि तोडेका छन्। गत संस्करणमा जीवनले ३३ घण्टा १५ मिनेटमा दुरी पार गर्दै च्याम्पियन बनेका थिए।