तारा एअरको विमान दुर्घटनाको कारण पत्ता लगाउन आयोग गठन

जनसम्मत
जेठ १६, २०७९, सोमबार

सरकारले तारा एअरको विमान दुर्घटनाको कारण पत्ता लगाउन ५ सदस्यीय आयोग गठन गरेको छ।

आयोगको अध्यक्ष तथा दुर्घटना जाँच इन्चार्जमा वरिष्ठ एरोनटिक इन्जिनियर रतिशचन्द्र लाल सुमन छन्।

संस्कृति, पर्यटन तथा नागरिक उयन मन्त्रालयले गठन गरेको आयोगको सदस्यमा क्याप्टेन दिपु ज्वारचन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव बुद्धिसागर लामिछाने छन्।

यो समितलिाई दुर्घटनाको कारण पत्ता लगाइ भविष्यमा यस्ता घटना दोहोरिन नदिने उपाय सिफारिस गर्ने कार्यादेश दिइएको छ।

हिँजो (आइतवार) पोखराबाट जोमसोमका लागि छुटेको तारा एअरको ट्विनअटर विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो। दुर्घटनामा विमानमा रहेका सबै २२ जनाको ज्यान गएको छ।