जिसस र कार्यपालिकामा गठबन्धन कायम गर्न शीर्ष नेताको निर्देशन

जनसम्मत
जेठ १६, २०७९, सोमबार

सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठकले स्थानीय तहको कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा गठबन्धन कायम गर्न निर्देशन दिएको छ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार बसेको बैठकले गठबन्धन दलका प्रदेश र जिल्लास्तरीय समितिलाई यस्तो निर्देशन दिएको हो।

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, काँग्रेस उपसभापति पूर्णबहादुर खड्का, कृष्ण सिटौला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेता झलनाथ खनाललगायतका नेताहरूको उपस्थिति थियो। बैठकमा निर्वाचनको नतिजा, आगामी रणनीतिलगायतका विषयमा छलफल भएको बताइएको छ।