टी–ट्वान्टीको महिला वरीयतामा नेपालका ५ खेलाडी

जनसम्मत
जेठ १७, २०७९, मंगलवार

आईसीसी महिला टी–ट्वान्टी वरीयतामा नेपालका कप्तान रुबिना क्षेत्रीसहित ५ खेलाडी परेका छन्।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको पछिल्लो वरीयतामा नेपालका ५ खेलाडी परेका हुन्।

वरीयतामा कप्तान रुबिनासहित कविता कुँवर, सिता राना मगर, इन्दु वर्मा र ज्योति पाण्डे परेका छन्।

टी–ट्वान्टी महिलाको ब्याटिङ वरीयतामा सिता ५२ औं स्थानमा रहेकी छिन्।

यस्त,ै ज्योति पाण्डे ८० औं र इन्दु वर्मा ९९ औं स्थानमा रहेकी छिन्।

बलिङ वरीयतामा कविता कुँवर ६१ औं स्थानमा छिन्। कप्तान रुबिना बलिङ वरीयताको ७१ औं र सिता ७५ औं स्थानमा छिन्।

आईसीसी महिला टी–ट्वान्टी राष्ट्रको वरीयतामा नेपाल १६ औं स्थानमा रहेको छ।