पोखरा महानगर कार्यपालिकामा एमालेका ८ सदस्य निर्वाचित

जनसम्मत
जेठ १८, २०७९, बुधबार

पोखरा महानगरपालिकाको कार्यपालिकामा एमालेका ८ सदस्य निर्वाचित भएका छन्।

बुधबार भएको मतदानमा एमालेका ८ जना सदस्य निर्वाचित भएका हुन्।

वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट पोखरा महानगरपालिकामा १ सय ६७ जना जनप्रतिनिधि निर्वाचित भएका थिए।

महिला सदस्यमा एमालेबाट धनकुमारी पोखरेल, उर्मिला पौडेल, भीमकुमारी पुन गर्बुजा, मन्दिरा परियार, हरिमाया विश्वकर्मा एमालेबाट निर्वाचित भएका हुन्। उनीहरुले सबैले ८६ मत ल्याए।

कार्यपालिकामा ४३ मध्ये ३५ जना पदेन छन्। बिहीबार भएको मतदानमा ३ जना दलित अल्पसंख्यक पनि एमाले उम्मेदवार नै निर्वाचित भएका छन्। गोविन्द तुलाचन, दीपक घिमिरे, निर्मल दियाली निर्वाचित भएका हुन्। तुलाचन र घिमिरेले ८६ र दीयालीले ८७ मत पाए।

वैशाख ३० गते भएको निर्वाचनबाट महानगरमा एमालेबाट ८६ र नेपाली कांग्रेस र एकीकृत समाजवादीबाट ८१ जना सदस्य जनप्रतिनिधि निर्वाचित भएका थिए। योसँगै पोखरा महानगरपालिकाको कार्यापालिकामा एमालेका १८ र नेपाली कांग्रेसका २३, एकीकृत समाजवादी र स्वतन्त्रबाट १/१ जना निर्वाचित भएका छन्।