पोखरा–जोमसोमको रुटमा हालसम्म ११७ जनाको ज्यान गयो

सुरक्षाका हिसावले पोखरा–जोमसोमको हवाई रुट सबैभन्दा असुरक्षित मानिन्छ

जनसम्मत
जेठ १८, २०७९, बुधबार

पोखरा–जोमसोम हवाइ रुटमा अहिलेसम्म १० वटा विमान दुर्घटना भएको छ।

दुर्घटनामा परेर हालसम्म ११७ जनाको ज्यान गएको तथ्यांक छ।

नेपालको घरेलु हवाई रुटमध्ये यो पोखरा–जोमसोमको हवाई रुट सबैभन्दा असुरक्षित छ।

यो रुटमा अहिलेसम्म १० वटा विमान दुर्घटना हुँदा ११७ जनाको मृत्यु भएको तथ्यांकले बताउँछ।

२०१९ सालमा बागलुङको ढोरपाटनमा नेपाल वायुसेवा निगमको जहाज दुर्घटना हुँदा १० जनाले ज्यान गुमाएका थिए।
सोही वर्ष नेपाल वायुसेवा निगमकै जहाज ढोरपाटनमै दुर्घटना भयो। जतिबेला ६ जनाको मृत्यु भयो।

८ वर्षपछि २०२७ सालमा रोयल लाइट विमान जोमसोममा दुर्घटना हुँदा १ जनाले ज्यान गुमाए।

१८ वर्षअघि २०६२ सालमा यति एयरलाइन्सको विमान लमजुङमा दुर्घटना हुँदा ३ जनाले ज्यान गुमाए।

त्यस्तै २०५६ सालमा पनि जोमसोम रुटमै पर्ने म्याग्दीको नारच्याङमा लुम्बिनी एअरको विमान दुर्घटना हुँदा चालक दलसहित १८ जनाको ज्यान गएको थियो।

३ भदौ २०५९ मा जोमसोमबाट पोखरा फर्किएको सांग्रिला एयरको विमान पोखरामा दुर्घटना भयो। सो दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो।

२०६९ जेठ १ मा अग्नि एयरको विमान जोमसोममा दुर्घटना भएको थियो। विमानस्थल नजिकै पानी ट्यांकीमा दुर्घटना हुँदा १५ जनाले ज्यान गुमाए।

७ वर्षअघि २०७२ फागुन १२ मा तारा एयरको विमान दुर्घटना भयो। म्याग्दीमा भएको उक्त दुर्घटनामा २३ जनाको ज्यान गएको थियो।

२०७३ साल भदौमा तारा एयरकै जहाज धावनमार्गबाट चिप्लिएर कालीगण्डकीमा खस्यो। तर, त्यतिबेला मानवीय क्षति भएन।

२०७९ को जेठ १५ गते तरा एयरकै जहाज दुर्घटना हुँदा २२ जनाको ज्यान गएको छ। प्रायः दुर्घटनाको कारण प्राविधिक भएको बताइन्छ।