तनहुँको याम्पा–घाँसीकुवा सडक जेठ २२ गतेदेखि बन्द हुने

जनसम्मत
जेठ २१, २०७९, शनिबार

पृथ्वीराज मार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडकखण्डमा पर्ने तनहुँको याम्पा फाटदेखि घाँसीकुवा खण्ड आगामी जेठ २२ गते रातिदेखि बन्द हुँदैछ।

उक्त क्षेत्रमा सडक खन्नुपरेकाले अर्को सूचना जारी नभएसम्मका लागि राति ११ बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने जनाइएको छ।

मुग्लिङ–पोखरा सडक योजना (पूर्वी खण्ड) तनहुँले राति ११ बजे अगाडी र बिहान ४ बजेपछिको सममा गाडी चलाउन मिल्ने बताएको छ।

एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक ४ लेनको बनाउन लागिएको हो। ४ लेनको सडक सीमा दुईतर्फी २५÷२५ मिटर हुनेछ। बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाईको सडक बन्नेछ।