गोरखाको ३ किलोमा बस र मोटरसाइकल ठोक्किदा १ जना गंभीर घाइते

जनसम्मत
जेठ २१, २०७९, शनिबार

गोरखा आँबुखैरेनी सडक खण्ड अन्र्तगतको ३ किलोमा आज ९शनिबार० बस र मोटरसाइकल एक–आपसमा ठक्कर खाँदा १ जना गंभीर घाइते भएको छ।

गोरखा नगरपालिका १३ को ३ किलोमा भएको दुर्घटनामा परी पालुङटारका हरी देवकोटा गंंभीर घाइते भएको हुन्।

आँबुखैरेनीतर्फ जादै गरेको ग। २१ प ४८८ नम्वरको मोटरसाइकल रोकिराखेको ना। ५ ख ५००५ नम्वरको बसमा ठोक्किदा पालुङटार नगरपालिका ५ का ४५ वर्षीय देवकोटा गंभीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ।

यात्रु ओराल्न रोकेको बसमा मोटरसाइकल ठोकिएर दुर्घटना भएको हो। घाइते देवकोटाको खुट्टामा गम्भीर चोट लागेको ट्राफिक प्रहरी प्रकाश अधिकारीले जानकारी दिएका छन्।

खुट्टामा गहिरो चोट लागेका देवकोटालाई तनहूँको छिम्केश्वरी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागी चितवनको पुरानो मेडिकल कलेज रिफर गरिएको छ।