नाडाललाई २२औँ ग्राण्डस्लाम उपाधि

जनसम्मत
जेठ २३, २०७९, सोमबार

राफेल नाडालले आइतबार राति नर्वेका कास्पर रुडलाई ३–० को सोझो सेटमा हराउँदै फ्रेन्च ओपनको उपाधि जितेका छन्।

नाडालले कीर्तिमानी १४औँ पटक फ्रेन्च ओपनको उपाधि जितेका हुन्।

३६ वर्षे नाडालले आठौंँ वरीयाताका रुडलाई ६–३, ६–३, ६–० को सेटमा हराउँदै उपाधि जितेका हुन्। यससँगै नाडालले कीर्तिमानी २२औँ ग्राण्डस्लाम उपाधि जित्न सफल भएका छन्।

नाडालले रोजर फेडेरर र नोभाक जोकोभिचलाई दुई ग्राण्डस्लाम उपाधिले पछि पारेका छन्। फेडेरर र जोकोभिचले समान २० ग्राण्डस्लाम उपाधि जितेका छन्। घुँडाको चोटका कारण फेडेररले पछिल्लो एक वर्ष जस्तै प्रतियोगिता खेलेका छैनन्। जोकोभचिले अष्ट्रेलियन ओपन खेलेका थिएनन् भने फ्रेन्च ओपनमा क्वार्टरफाइनलमा नाडालसँग पराजित बनेका थिए।

नाडालले पेरिसले पहिलोपटक २००५ मा उपाधि जितेका थिए।

त्यसपछि उनले २००९, २०१५, २०१६ र २०२१ बाहेक सबै वर्ष उपाधि जित्न सफल भएका छन्। फ्रेन्च ओपन बाहेक नाडालले दुई अष्ट्रेलियन ओपन र दुई विम्बल्डन र चार युएस ओपनको उपाधि जितेका छन्।

पाँचौँ वरीयाताप्राप्त नाडालले कीर्तिमानी उपाधि जित्नेक्रममा चौँथो चरणमा नवौँ वरीयाताका फेलिक्स औगर–एलियासिमसलाई, क्वार्टरफाइनलमा जोकोभिच र सेमिफाइनलमा तेस्रो वरीयाताका एलेक्जेन्डर जेरेभलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए। तथापि, सेमिफाइनलमा एलेक्जेन्डर रिटायर्ड हर्ट भएका थिए। जेरेभको कुर्कुच्चामा चोट लागेपछि खेल बीचमा सकिएको थियो।