मन्त्रीमण्डलमा अदल–बदल नहुने भो

जनसम्मत
जेठ २३, २०७९, सोमबार

प्रधानमन्त्री शेरबहादुर मन्त्री हेरफेर नगर्ने भएका छन्।

देउवाले बजेट अधिवेशन चलिरहेको अवस्थामा मन्त्री हेरफेर नगर्ने अडान लिएका हुन्।

देउवाले अडान लिएसँगै नयाँ मन्त्रीको सपथ समेत रोकिएको छ। प्रधानमन्त्री देउवा तत्काल मन्त्री फेर्न तयार नभएपछि नयाँ मन्त्रीको सपथ पनि रोकिएको छ। बालुवाटार निकट स्रोतका अनुसार प्रधानमन्त्री देउवाले अहिलेकै मन्त्रीलाई नियमित काम गर्न निर्देशन नै दिएका छन्।

एकीकृत समाजवादीको सचिवलाय बैठकले हिँजो ९आइतबार० मात्रै सरकारमा सहाभागी मन्त्रीलाई फिर्ता बोलाएर नयाँ अनुहारलाई सरकारमा सहाभागी गराउने निर्णय गरेको थियो।

पूर्व निर्णयअनुसार भन्दै समाजवादीले सरकारमा सहाभागी ४ जना मन्त्री फिर्ता बोलाउने र उनीहरुको ठाउँमा नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो। आइतबार साँझै एकीकृत समाजवादकिा अध्यक्ष माधव नेपालले नयाँ मन्त्रीको सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको बताउँदै आएका छन्।

उता, एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीहरुले आफूहरुलाई फिर्ता बोलाउने पार्टी निर्णयका विषयमा केही जानकारी नभएको बताउँदै आएका थिए। एकीकृत समाजवादले भने प्रधानमन्त्रीलाई भेटेर सोमबार नयाँ मन्त्रीको सपथ गराउन आग्रह गरेको बताएको थियो।

नयाँ मन्त्रीहरूको आज ९सोमबार० सपथ ग्रहणको कार्यक्रम पनि तय भइसकेको थियो। तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सपथ ग्रहणको कुनै जानकारी दिइएको छैन।

समाजवादीले नयाँ मन्त्रीको रूपमा जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगारमन्त्रीमा पठाउने निर्णय गरेको थियो। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्यमन्त्रीमा बढुवा गरेर प्रधानमन्त्रीलाई नाम सिफारिस गरेको थियो। स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसीलाई पठाउने निर्णय गरेको थियो।