जिल्ला अस्पताल स्याङ्जामा ब्लड बैंक स्थापना

जनसम्मत
जेठ २३, २०७९, सोमबार

स्याङ्जाको पुतलीबजार नगरपालिकाको आर्थिक सहयोगमा जिल्ला अस्पताल स्याङ्जामा रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ।

पुतलीबजार नगरपालिका स्याङ्जाको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी स्याङ्जाको पहलमा एक कार्यक्रमबीच जिल्ला अस्पतालमा रक्त सञ्चार केन्द्र स्थापना गरिएको हो।

जिल्ला अस्पताल स्याङ्जामा एक कार्यक्रमकाबीच उक्त रक्त सञ्चार केन्द्रको शुभारम्भ गरिएको हो।

जिल्ला अस्पतालमा रगतको अभावमा बिरामीहरूले दुःख पाएका भन्ने समाचारहरू बाहिरिएको एक सातामै उक्त समस्यालाई सम्बोधन गर्ने किसिमले नगरपालिकाले तत्काल १० लाख सहयोग गर्ने निर्णय गरेको थियो। जिल्ला अस्पतालमै ब्लड बैंक संचालनमा आएसंगै जिल्लाका डाइलाइसिस र अन्य विरामीहरू रगत खोज्नका अन्यत्र जान नपर्ने भएको छ।