भक्तपुर केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गयो

जनसम्मत
जेठ २८, २०७९, शनिबार

भक्तपुरको चाँगुनारायणलाई केन्द्रबिन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको चाँगुनारायण आसपास केन्द्रबिन्दु भएर शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा भूकम्प ४.७ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का काठमाडौँ उपत्यकाका लगायत धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, लगायतका जिल्लामा महशुस गरिएको बताइएको छ।

विसं २०७२ वैशाख १२ गते गोरखा भूकम्पपछि नेपालमा हालसम्म ४ रेक्टरस्केलभन्दा माथिका ५८३ परकम्प गएको छ।