‘पेनाल्टी शूट आउट’ को उपाधि बीटी ट्रेनिङ ‘बी’ लाई

जनसम्मत
जेठ २९, २०७९, आइतबार

बीटी ट्रेनिङ सेन्टरको समूह ‘बी’ले पेनाल्टी शुट आउट प्रतियोगिताको उपाधि जितेको छ।

विजयपुर फुटबल पेनाल्टी शुट आउट प्रतियोगितामा बीटी ट्रेनिङ सेन्टर समुह ‘बी’ ले ट्वान्टी फाइव ‘के’ लाई ८–७ ले जित निकाल्दै उपाधि जितेको हो।

पोखरा महानगरपालिका वडा नं.२६ को विजयपुरमा आयोजना गरेको प्रथम विजयपुर फुटबल पेनाल्टी शुट आउट प्रतियोगितामा ४० टिमले प्रतिस्पर्धा गरेको थियो।

विजेता बीटी ट्रेनिङ सेन्टर समूह ‘बी’ ले १५ हजार मूल्य बराबरको खसी र उपविजेता ट्वान्टी फाइव ‘ के’ ले १० मूल्य बराबरको बोक पुरस्कार जित्यो ।

यो किसिमको पेनाल्टी शुट आउट प्रतियोगिता प्रथम पटक आयोजना गरिएको र यस किसिमको प्रतियोगिताले दर्शक तथा खेलाडीमा समेत निकै उत्साह र मनोरञ्जन थपेको आयोजकले उल्लेख गरेको छ।