रुपाले जित्यो पालिकास्तरीय भलिबलको उपाधि

जनसम्मत
जेठ २९, २०७९, आइतबार

कास्की अन्तरपालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि रुपा गाउँपालिकाले जितेको छ।

पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा आइतबार भएको फाइनलमा अन्नपूर्ण गाउँपालिकालाई सोझो सेटमा पराजित गर्दै रुपाले उपाधि उचाल्न सफल बन्यो।

रुपाले अन्नपूर्णलाई २९–२७, २३–२५, २५–२२, २०–२५ र १५–११ ले जितेको हो।

विजेता रुपाले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद हात पार्न सफल बन्यो। त्यस्तै, उपविजेता अन्नपूर्णले ५५ हजार, ५ सय ५५ र तेस्रो माछापुच्छ«ेले ३३ हजार ३ सय ३३ रुपैयाँ नगद जित्यो।

प्रतियोगितामा रुपा गाउँपालिकाका सन्जोग गुरुङ उत्कृष्ठ खेलाडी घोषित बने। अन्नपूर्ण गाउँपालिकाका सचिन नेपाली उत्कृष्ठ स्पाइकर, रुपाका बलराम गुरुङ उत्कृष्ठ सेटर, अन्नपूर्णका आकाश घमाल उत्कृष्ठ ब्लकर, माछापुच्छ«ेका मनोज खड्का उत्कृष्ट सर्भर र माछापुच्छ«ेकै पारसमान गुरुङ उत्कृष्ट डिफेन्डर बने। उनीहरुले नगद ५/५ हजार रुपैयाँ नगद जिते।

प्रतियोगितामा विजेता टोलीलाई पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदार, कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुली, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझालगायतले ट्रफीसहित पदक तथा प्रमाणपत्र प्रदान गरे। प्रतियोगितामा कास्कीका ४ गाउँपालिका र १ महानगरका गरी ९ टोलीले प्रतिस्पर्धा गरेको थियो।

पोखरा महानगर खेलकुद विकास समितिको आयोजना र कास्की जिल्ला भलिबल संघको प्राविधिक सहयोगमा सचालित प्रतियोगिता रुपा गाउँपालिकाका खेलाडीविरुद्ध उजुरी परेपछि फाइनल खेल ३ हप्तापछि भएको हो। झण्डै ३ साता रोकिएको खेललाई संघ र महानगर समितिले छानविन गरेपछि फाइनल खेल टुंग्याएको थियो।