ड्यामसाईड क्लबद्वारा सल्लाहकार चयन तथा छलफल

जनसम्मत
जेठ ३१, २०७९, मंगलवार

पोखरा–१७ स्थित ड्यामसाइड क्लबले सल्लाहकार चयन गरेको छ।

क्लबले मंगलबार एक कार्यक्रमबीच अधिवक्ता केशवराज वराल, इञ्जीनियर किसानसिं गुरुङ र समाजसेवी कल्पना श्रेष्ठलाई २ वर्षको लागि क्लबको सल्लाहकारमा मनोनीत गरेको हो।

सल्लाहकारमा मनोनित सबै जनालाई निर्वतमान अध्यक्ष पदमबहादुर ढकाल र अध्यक्ष प्रताप गुरुङले प्रमाण पत्र प्रदान गरे।
खेल तथा सामाजिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान वनाउन सफल क्लबबारे छलफल समेत गरेको छ।

क्लबले ड्यामसाइड क्षेत्रलाई पर्यटकीय क्षेत्र वनाउन विगतका दिनहरुमा गरेका कामहरुलाई निरन्तरता दिने जनाएको छ। महानगरपालिका र प्रदेश सरकारसँग मिलेर काम गर्ने आगामी योजना रहेको अध्यक्ष प्रताप गुरुङले वताए।

क्लबका अध्यक्ष प्रताप गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष रमेशप्रसाद वराल र कार्यक्रम संचालन महासचिव राकेश श्रेष्ठले गरेका थिए।